काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको आधारमा १:०.६५ कित्ता अर्थात् १०० बराबर नयाँ ६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
उक्त अनुपातअनुसार २४ लाख १४ हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीले पाउनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।