काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर लगायतका मुद्दाहरु पारित गर्नका लागि पुनः वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोले यसअघि जेठ २२ गतेको लागि बोलाएको वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ र कम्पनीको स्वीकृत नियमावली बमोजिम गुणपुरक संस्या नपुगी स्थगित भएकोमा पुनः वार्षिक साधारण सभा बोलएको हो । सभा असार ९ गतेको लागि बोलाइएको हो । सभा अन्नपूर्ण पार्टी भेन्यू, मैतीदेवी, काठमाडौंमा दिउँसो १ बजे बस्नेछ ।
सभाले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र सो सम्बन्धमा सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
साथै सभाले आव २०७९/८० र आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बताइएको छ । लेखापरिक्षकको प्रतिवेदन सहित आव. २०७९/८० र आव. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने भएको छ ।
कम्पनी आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार कम्पनी रजिष्ट्रार कार्यालयबाट नियुक्त लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने समेत तयारी गरिएको छ । साथै सभामार्फत् आर्थिक वर्ष २०८१/ ८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने बताइएको छ । सञ्चालक समितिको पदपुर्ती र स्वतन्त्र संचालकको नियुक्ती तथा अनुमोदन सम्बन्धमा ।