अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ३५ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार संस्थापक शेयरधनी, संस्थाका कर्मचारी र स्थानीय बासिन्दासँग रहेको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि असार ३१ गते सकिदै छ ।

संस्थापक शेयर ३० लाख, संस्थाका कर्मचारीको शेयर ३० हजार र स्थानीय बासिन्दको ५ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।

शेयर बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म शेयर लकइनमा राख्नु पर्ने व्यवस्था अनुरुप असार ३१ गते उक्त अवधि सकिन लागेको हो । उक्त शेयरको लक इन अवधि सकिएसँगै शेयर दोस्रो बजारमा कारोबार हुनेछ । तर, कम्पनीका अनुसार सञ्चालक समितिमा रहेका व्यक्ति र व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरू भने अझै शेयर बिक्री गर्न अयोग्य हुनेछन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार