बैंकिङ कसूर मुद्दामा फरार बिष्ट पुतलीसडकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका कञ्चनपुर भीमदत्त नगरपालिका–१ निवासी ३९ वर्षीय रामबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन, ललितपुरले २०७८ कात्तिक १४ गतेको फैसलामा उनलाई २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको थियो । सो फैसलापछि फरार रहेका बिष्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आइतबार दिउँसो काठमाडौँ महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बिष्टलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको र अदालतको आदेशपछि कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार