CLI
Global College

ग्रामीण विकास र समाज लघुवित्त समान स्वापमा मर्ज हुने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा समान स्वाप अनुपातमा गाभिने भएका छन्। मर्जरसहितका प्रस्तावहरू पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ।

उक्त सभामा दुई कम्पनीलाई १:१ को समान स्वाप अनुपातमा मर्ज गर्ने लगायतका मर्जरसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ। यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो।

ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा छ। मर्जरमा जान लागेका यी कम्पनीमध्ये ग्रामीण विकासको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र छ।

Leave Your Comment

Related News