RE
Global College

डिम्याट खाता र मेरोशेयर खाता नवीकरण गर्न आग्रह

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकले आगामी असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाता नवीकरण गर्न बैंकले आग्रह गरेको छ ।

उक्त अवधिमा वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीको खाता फ्रिज गरिने बताइएको छ । डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ बुझाउनु पर्ने बताइएको छ ।

कम्पनीले असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो । २०८२ असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।

साथै,गरिमा क्यापिटलले सञ्चालन गरेको योजना अन्तर्गत ग्राहकहरुले मात्र १ हजार ९९९ रुपैयाँमा आजीवन, ९९९ रुपैयाँमा दश वर्षको लागि र ४९९ रुपैयाँमा पाँच वर्षको लागि डिम्याट र मेरोसेयर खाता नवीकरण गर्न सकिने कम्पनीद्वारा सूचनामा उल्लेख छ ।

ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाण्डौस्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंकका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट वा मोवाइल वालेट, ई–सेवा,खल्ती,आइएमई पे, प्रभु पे र कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

साथै, गरिमा क्यापिटलको लगानी व्यवस्थापन सेवाअन्तर्गत वार्षिक व्यवस्थापन शुल्क निःशुल्क गरिएको एवं कार्य सम्पादन शुल्क १० प्रतिशत कायम गरिएको सुविधा यहि २०८२ साल असार मसान्त सम्मका लागि मात्र लागू गरिने हुदा सम्पूर्ण ग्राहकहरुलाई समयमा नै यो योजना उपभोग गरि लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ ।

NECO

Leave Your Comment

Related News