CLI
Global College

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३२ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुुसार हाल यस शेयरमा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

Leave Your Comment

Related News