काठमाडौं । इनफिनिक्स नेपालले आफ्नो अत्यधिक प्रतीक्षित स्मार्ट १० सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्मार्ट १० (4+64 जीबी) को मूल्य केवल ११ हजार ४९९ रुपैयाँ र स्मार्ट १० प्लस (4+128 जीबी ) मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ।
यो सिरिजले सस्तो मूल्यमै दमदार परफर्मेन्स, ठूलो ब्याट्री, र आकर्षक डिजाइनसहित स्मार्ट फिचरहरू ल्याएको छ। दैनिक प्रयोगका लागि परफेक्ट, स्टाइलिश देखिने र चलाउन सजिलो यी फोनहरूमा छ – ६.६७” को ठुलो HD+ डिस्प्ले र १२०Hz रिफ्रेश रेट। यति कम मूल्यमा यस्तो डिस्प्ले पहिलो पटक आएको हो।
” स्मार्ट १० सिरिज त्यस्ता प्रयोगकर्ताहरूका लागि हो, जसलाई स्मूथ डिस्प्ले, लामो ब्याट्री लाइफ र दमदार परफर्मेन्स चाहिन्छ – त्यो पनि प्रिमियम मूल्य बिना दिने उद्देश्यले ल्याइएको हो ,” इनफिनिक्स नेपालका NSM, पियुष गिरीले बताए।