मन्जुश्री फाईनान्सद्वारा वीरगन्जको केडिया आँखा अस्पतालाई एसी सहयोग

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व कार्यक्रम अन्तर्गत वीरगन्ज शाखा मार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई दुइ थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ।

बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।

समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको पाईन्छ । मन्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकि सेवा उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार