CLI

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने बढेको छ । यस्तै अस्ट्रेलियन डलरलगायतका मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको छ ।

Leave Your Comment

Related News