CLI
Global College

नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ।

हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News