RE
Global College

चुक्ता पुँजी बढाउन ब्रोकरलाई ९ महिना समय थप

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने अवधि थप गरेको छ ।

सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौं संशोधन) नियमावली, २०८२ जारी गर्दै ब्रोकरलाई पुँजी बढाउने अवधि ९ महिना थप गरेको हो ।
सञ्चालनमा रहेका ब्रोकर कम्पनीमध्ये २३ वटाको चुक्ता पुँजी २० करोड पुगेको छैन ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम १० मा संशोधन गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (यसपछि ‘मूल नियमावली भनिएको) को नियम १० को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “सम्वत् २०८२ साल असार मसान्तभित्रू भन्ने शब्दहरूको सट्टा ‘सम्वत् २०८२ साल चैत्र मसान्तभित्र’ भन्ने शब्दहरू राखिएका छन् ।
नियमावली संशोधन अघि ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने अवधि चालु आवको असार मसान्त रहेको थियो ।

बोर्डका अनुसार २३ वटाको पुँजी अझै पुग्दैन् । पुँजी नपुग्ने ब्रोकरमा एबिसी सेक्युरिटिज, अरण सेक्युरिटिज, एशियन सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज, दिब्या सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, कालिका सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज, मिदास स्टक ब्रोकिङ, नेपाल स्टक हाउसको पुँजी पुगेको छैन ।

यस्तै ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिल्पा सेक्युरिटिज, साउथ एसियन बुल, श्री हरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।

NECO

Leave Your Comment

Related News