RE
Global College

२ बर्ष पछि बढ्यो श्रमिकको न्युनतम पारिश्रमिक

काठमाडौं । सरकारले २ बर्ष पछि श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक पुनरावलोकन गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाए अनुसार असार ३२ गतेको मन्त्री स्तरिय निर्णयबाट साउन १ गतेदेखि लागू हुने गरी श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक वृद्धि गरिएको हो ।

मन्त्रालयका अनुसार, मासिक तलबमा खटिने मजदुर, कर्मचारीले न्यूनत्तम कुल १९ हजार ५५० रूपैयाँ तलब प्राप्त गर्नेछन्। यो रकममध्ये १२ जार १७० रूपैयाँ अाधारभुत पारिश्रमिक र बाँकी महँगी भत्ता निर्धारण गरिएको छ।

यसअघि २०८० साउन १ गतेदेखि लागू हुने गरी सरकारले २०८० साउन ३२ गते न्यूनत्तम मासिक पारिश्रमिक आधारभूत तलब. १० हजार ८२० सहित १७ हजार ३०० रूपैयाँ तोकेको थियो।

यसैगरी दैनिक ज्यालादारी मजदुरले आधारभूत पारिश्रमिकवापत ४७० सहित दैनिक कुल ७५४ रूपैयाँ पाउने गरी न्यूनत्तम पारिश्रमिक निर्धारण गरिएको छ।

घण्टाका हिसाबले खटिने कामदारले प्रति घण्टा १०१ रूपैयाँ पारिश्रमिक पाउने गरी न्यूनत्तम अंक निर्धारण गरिएको छ। आंशिक समय मात्र काम गर्ने कामदारको हकमा प्रति घण्टा १०७ रूपैयाँ पारिश्रमिक तय गरिएको छ।

मन्त्रालयले न्यूनत्तम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा न्यूनत्तम पारिश्रमिक परिमार्जन गरेको हो। श्रम ऎन २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा पारिश्रमिक तोक्नु पर्ने व्यवस्था छ ।

 

NECO

Leave Your Comment

Related News