RE
Global College

स्थानीय तहका निकायहरूलाई बैंक खाता खोल्न राष्ट्र बैंकको थप अनुमति नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूलाई वाणिज्य बैंकमा खाता खोल्नका लागि अब थप स्वीकृति नचाहिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले हिजाे एक परिपत्र जारी गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।

राष्ट्र बैंकको सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोष ले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा खाता सञ्चालन गर्न राष्ट्र बैंकबाट थप अनुमति लिनु पर्ने छैन। यसअघि यस्ता खाता सञ्चालन गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य थियो । यो व्यवस्थाले स्थानीय निकायहरूको बैंकिङ प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News