RE
Global College

यी तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

बिभागले उल्रलेख गरे अनुसार देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातमा भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे १ बुलेटिन प्रकाशन गर्दै जानकारी दिएको छ ।

 

 

NECO

Leave Your Comment

Related News