काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक पारित गरेको छ । उपसमितिले दिएको प्रतिवेदन संशोधन सहित पारित भएको हो ।
२०८० साल भदौ २७ गते संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक विवादित विषयमा सहमती जुटाउन एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमिति गठन गरेको थियो । सोही उपसमितिले दिएको प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो ।
निजी विद्यालयमा दिईने छात्रवृत्तिमा आवास नसमेट्ने विषयलाई थाती राखेर विधेयक टुङ्ग्याईएको छ । समितिले पास गरेको बिधयेकको प्रतिबेद संसदमा पेश हुनेछ
बिध्यालय शिक्षा बिधेयक पास गर्नु पर्ने माग सहित नेपाल शिक्षक महासंघले बिध्यार्थी भर्नाको सिजन २०८१ चैत देखी २०८२ बैसाख सम्म आन्दोलन गरेको थियो । सरकाले महासंघसँग बार्ता गर्दै ९ बुदे सहमति गरेको थियो ।


