काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
यसको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोडबाट बढेर ८ अर्ब ४३ करोड पुगेको छ । त्यसैले नाफामा सुधार आएको हो । यता, इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ३१ करोड पुगेको छ ।
१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ४ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता १३.१२ प्रतिशत छ ।


