CLI

नबिल प्लेक्सी क्याप र एनआइबिएल सहभागिता फन्डको लाभांश घोषणा

काठमाडौं । नबिल प्लेक्सी क्याप फन्डले लाभांश घोषणा गरेको छ । यसले इकाईधनीलाई कर सहित ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ क्यापिटलले साउन २३ गते बुक क्लोज गरेको छ । तसर्थ, साउन २२ गतेसम्म कायम इकाईधनीले लाभांश हात पार्न सक्नेछन् । यता, एनआइबिएल सहभागिता फन्डले आव २०८१-८२ को नाफाबाट इकाईधनीलाई कर सहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यी दुवै खुलामुखी फन्डहरु हुन् ।

Leave Your Comment

Related News