RE
Global College

नेपालमा मनसुन केही कमजोर,कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।

बिभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ  ।

आज राति भने कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पुर्वानुमान बुललेटिनमा उल्लेख रहेको छ  । मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

 

 

Leave Your Comment

Related News