RE
Global College

नेपालमा मनसुन केही कमजोर,लुम्बिनी, कोशी, बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमना महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहरहेको छ।

भागले दिएको जानकारी अनुसार दिउँसोः देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज रातीः कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

NECO

Leave Your Comment

Related News