RE
Global College

नेपाल बैंक र ओम अध्याय रिट्रिट प्रा.लि.बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरूर बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहान गरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा मिति २०८२ साल भदौ २ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट विक्री निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

NECO

Leave Your Comment

Related News