RE
Global College

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ । बैङ्कको संस्थापक शेयर हाल कायम शेयर सदस्यले मात्र  खरिद गर्न पाउने कानूनी व्यवस्थाको कारण बैङ्कले हाल कायम शेयर सदस्य मध्ये कोहो शेयर सदस्य सो शेयर खरिद गर्न इच्छुक भएमा ३५ दिन भित्र सो शेयर के कति दरमा लिने हो खुलाई आबेदन माग गरेकोको बैङ्कले तोकेको ३५ दिन भित्र हाल कायम शेयर धनीको कोहीपनि शेयर खरिद गर्नको लागि आबेदन नदिएका कारण बैङ्कले सो शेयर पुन बिक्रिमा राखेको छ ।

बिक्रिमा रहेको सो शेयर व्यक्ति/कम्पनी/संस्थाहरुले खरिद गरी लिन इच्छा भएमा आजको ३५ दिनभित्र नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि ताकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण भरि कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि तथा सोको उपलब्धता सम्बन्धी अद्यावधिक विवरण, स्थायी लेखा नं. को प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर कित्ता खरिद गरी लिनु हुने हो सो को व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ  ।

 

NECO

Leave Your Comment

Related News