RE
Global College

नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटहि गर्ने

काठमाडौं । यो बर्ष पनि नेपाल राष्ट्र बैंकले दसैँका लागि यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुकिला नोट सटहि गर्ने जानकारी दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।  त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ।

 

NECO

Leave Your Comment

Related News