RE
Global College

सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले निकाल्यो बाहिर

काठमाडौं। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेको छ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए। उनीहरू गेटभित्र रहेको बगैचासम्म पुगेका थिए।

बाहिर निकालिएका प्रदर्शनकारी पुन : भित्र प्रवेशको लागि प्रयास गरिरहेका छन्। यसक्रममा पश्चिम गेट तनावग्रस्त छ।

सुरक्षाकर्मीले लगातार अश्रुग्यास प्रहार गरिरहेका छन्। तिनै अश्रुग्यास उठाएर प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि प्रहार गरिरहेका छन्।

 

लगातार अश्रुग्यासको प्रहारका कारण सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा पिरो धुँवाको कुइरीमण्डल भएको छ।

प्रधानमन्त्री कार्यालय अगाडि नेपाली सेनाको दमकल तयारी अवस्थामा राखिएको छ। परिसरभित्र सशस्त्र र जनपद प्रहरीको ठूलो संख्यामा उपस्थिति छ।

सिंहदरबार चोकदेखि रामशाहपथ र पद्मोदय मोडसम्म प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेका छन्।

NECO

Leave Your Comment

Related News