RE
Global College

श्वेत गंगा हाइड्रोपावरले नवौं साधारणसभा आह्वान, सेयरधनीको हात खाली

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा आगामी असोज ३१ गते शुक्रबार गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन सभा गर्ने निर्णय गरेको हो।

यसका लागि कम्पनीले असोज २४ गते बुक–क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज २३ गतेसम्म नामावलीमा रहेका सेयरधनी मात्र सभामा उपस्थित भएर मतदान गर्न सक्नेछन्। यसपटक कम्पनीले लाभांश प्रस्ताव नगर्ने स्पष्ट पारेको छ। सभामा प्रस्तुत गरिने एजेण्डा अन्तर्गत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव छ। त्यस्तै, आगामी आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा आवश्यक पारिश्रमिक तोक्ने विषय पनि सभामा पेश हुनेछ।

यसबाहेक, कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र एक जना महिला अनिवार्य रहने गरी चार जना सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको छ। विशेष प्रस्तावका रूपमा कम्पनीले प्रबन्धपत्र तथा नियमावलीका केही दफा संशोधन गर्नेछ। साथै, नियामक निकाय वा सम्बन्धित कार्यालयबाट सुझाव वा निर्देशन आएमा आवश्यक संशोधन मिलाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

NECO

Leave Your Comment

Related News