RE
Global College

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

ढोरपाटन ।  बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको उनको भनाइ छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए।

उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३५५ रुपैयाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । प्रतिव्यक्ति अधिकतम छ किलो चिनी, ५ किलो नुन र ५ लिटर तेल किन्न पाइने उनले बताए । प्रमुख श्रेष्ठले भने, “हरेक वर्ष मुख्य चाडबाडका मेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छौँ, यसपाली बजार मूल्यभन्दा चिनी प्रतिकिलो रु १०, नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु ७० छुटको व्यवस्था रहेको छ, सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।”

NECO

Leave Your Comment

Related News