RE
Global College

सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।  सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा आश्विन ०२ गते सम्पन्न भएको छ ।  कम्पनीको  रजिष्टर्ड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सभा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आ.व.२०८१÷८२ को मुनाफाबाट १६% नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८१÷८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८२÷८३ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । यस संस्थामा  कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको पनि लगानी रहेको छ ।

NECO

Leave Your Comment

Related News