RE
Global College

यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर रुट परमिट खुला

काठमाडौं । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२ गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यस्तै, बुटवल–नारायण घाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।

यस्तै बाटाे अवरुद्ध बनेका कारण मुग्लिन -नारायणगढ सडक खण्ड लगायतमा सवारीकाे जाम बढेकाे र आजदेखि देशभर रुट परमिट खुला रहेकाले सबै निकायलाई सहजिकरणका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सराेज सिटौलाले सवारीसाधनहरूलाई यात्रुको चाप बढी हुने स्थानहरूमा सबै निकायले सहजीकरण गरिदिन गरेका छन् ।

NECO

Leave Your Comment

Related News