इनरुवा । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए । अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताएका छन् । आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
Leave Your Comment
Related News
-
विकास बैंकहरुको खुद नाफामा १२.२८ प्रतिशतले वृद्धि
-
अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि बाटो खुल्यो, सरकारले दियो सैद्धान्तिक सहमति
-
आरविवि मर्चेन्ट बैंकिङको ४ करोड नगद लाभांश प्रस्ताव पारित
-
आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द
-
निरन्तर सातौँ कारोबार दिन बढ्यो नेप्से
-
मन्त्रिपरिषद्का निर्णय: बुढीगण्डकी र बागलुङका बाढीप्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा





