RE
Global College

नेको इन्स्योरेन्सले ल्यायो “विद्यार्थी अन्तर्राष्ट्रिय स्वास्थ्य बिमालेख

काठमाडौं । नेको इन्स्योरेन्सले नेपाली विद्यार्थीहरु अध्ययनको लागि बिदेश पढ्नजाने  र सो समयमा  आइ पर्ने विभिन्न घटनाहरुले पढाईलाई निरन्तरता दिन नसक्ने जस्ता कठिनाईहरुको समाधानको लागि अभिभावकलाइ सहज हुनेगरी   बीमालेख बजारमा ल्याएको छ ।

यो बीमालेख अध्ययन गर्न विदेश गै सकेका विद्यार्थीहरुले समेत विदेशबाटै अनलाइनको माध्यमबाट लिन सकिने नेको इन्स्योरेन्सले जनाएको छ  ।

यस बीमालेखबाट विद्यार्थीको विदेशमा हुने औषधोपचार खर्चको भुक्तानी, काम गर्न नसकेको अवस्थामा पढाई शुल्क लगायत खाना तथा बसाई खर्चको भुक्तानी, आय आर्जन गर्ने अभिभावकको निधन भएको अवस्थामा नेपालमा लिएको कर्जाको किस्ता तथा बाँकी पढाई शुल्क भुक्तानी र अभिभावकको अन्तिम संस्कारमा नेपाल आउने हवाई टिकट खर्चको भुक्तानी एवं दुर्घटना बीमा जस्ता सुविधाहरु प्राप्त हुने कम्पनीले जारी गरेको बीम, लेखमा उल्लेख रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनी  निर्जिवन बीमा बजारमा विगत २९ वर्षदेखि सेवा पु¥याउँदै आएको निर्जीवन बीमा कम्पनी हो । कम्पनीले आबश्यकता र समयको माग बमोजिम नयाँ नयाँ बीमालेख जारी गर्दै आएको छ ।

 

NECO

Leave Your Comment

Related News