RE
Global College

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।

साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ ।

दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ । त्यस्तै, बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ । सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

NECO

Leave Your Comment

Related News