RE
Global College

सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्दको घोषणा गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै यही मंसिर १४ गते देखि बैंकको इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने जानकारी दिएको छ ।

सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवामा ग्राहकले अकाउन्ट ब्यालेन्स हेर्ने, फन्ड ट्रान्सफर गर्ने, बिजुली,इन्टरनेट, लगायतका विभिन्न बिल भुक्तानी सेवाहरू सहज रूपमा प्रयोग गर्दै आएका थिए।

तर, नयाँ डिजिटल प्लेटफर्ममा स्थानान्तरणका कारण पुरानो इन्टरनेट बैंकिङ सेवा बैंकले बन्द गरेको हो । १४ गते देखि बैंकको पुरानो इन्टरनेट बैंकिङ प्रणाली सञ्चालनमा नआउने भन्दै यसबारे ग्राहकलाई समयमै जानकारी गराएको जनाएको छ।

सेवा बन्द हुँदा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमा याचना गर्दै ग्राहकको निरन्तर सहयोग र समझदारीको अपेक्षा गरेको छ।

NECO

Leave Your Comment

Related News