CLI
Global College

चीनीयाँ कम्पनीले पायो १ हजारका ४३ करोड थान नयाँ नोट छपाइको ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको काम चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन लाई दिने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटका लागि आवश्यक कागज, डिजाइन, छपाइ र आपूर्तिका लागि झिकिएको अन्तर्राष्ट्रिय टेन्डरको मूल्यांकनपछि उक्त कम्पनीलाई ठेक्का स्वीकृत गरिएको हो।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । २०८२ साल मंसिर ११ गते बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले यो निर्णय पारित गरेको हो।
ठेक्काको कुल लागत १६.९८५ मिलियन अमेरिकी डलर अर्थात, करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave Your Comment

Related News