CLI

कुमारी बैंकको एटीएम तोडफोड, दुई जना पक्राउ

ललितपुर। ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।

बुधबार राति सवा ११ बजेतिर उनीहरूले कुमारी बैंकको एटीमए तोडफोड गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

Leave Your Comment

Related News