RE
Global College

नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा निर्वाचन आयोगको निर्णय

। निर्वाचन आयोगले नेपाली काङ्ग्रेसको विवाद मा निर्णय गरेको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसको को आधिकारिकता भन्ने विवादमा गगन थापालाई आधिकारिक नेपाली कांग्रेसको सभापतिनेपाली कांग्रेसले गत पुष २७ गते काठमाडौँमा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरी गगन थापालाई सभापति चयन गरेको थियो। गगन थापा सभापतिमा निर्वाचित भएपछि निर्वाचन आयोगमा कांग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अपडेट गर्न पुगेका थिए। त्यसको काउन्टरमा तत्कालीन नेपाली कांग्रेसको संस्थापन पक्ष तथा देउबा पक्ष पनि केन्द्रीय समितिले विशेष महाधिवेशन नगरेकोले यो आदिकार्य हुन नसक्ने भन्दै निर्वाचन आयोग पुगेको थियोनिर्वाचन आयोगले आज दुवै पक्षसँग छलफल गरी आवश्यक निर्णय गरेको हो।
नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुनुपर्ने र नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन पश्चात विवाद बहस सुरु भएको थियो। कांग्रेसको केन्द्रीय समिति बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। कांग्रेसले नियमित महाधिवेशन नगरेपछि विशेष महाधिवेशन मागकर्ताहरूले गत पुष २७ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गरेका थिए। यसमा नेपाली कांग्रेसका तत्कालिक महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले साथ दिएका थिए

NECO

Leave Your Comment

Related News