RE
Global College

चीनद्वारा कृषि आधुनिकीकरण तीव्र बनाउन नयाँ कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले आगामी पाँच वर्षमा कृषि आधुनिकीकरणलाई तीव्र गतिमा अघि बढाउन विशेष नमूना क्षेत्रहरू स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यी क्षेत्रहरूमा सुधार र प्रविधि नवप्रवर्तनमार्फत उत्पादन क्षमता, गुणस्तर र कृषि कार्यक्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ।

कृषि तथा ग्रामीण मामिला मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले हालै सार्वजनिक गरेको कार्ययोजनाअनुसार सन् २०३० सम्म देशभर ५०० सम्म यस्ता नमूना क्षेत्रहरू स्थापना र प्रमाणित गर्ने लक्ष्य राखिएको छ।
कार्ययोजनामा अन्न उद्योग, पशुपालन, विशेष कृषि उद्योग, स्मार्ट कृषि, शहरी कृषि र शुष्कभूमि कृषि गरी छ प्रमुख क्षेत्र समेटिएका छन्।

योजना अनुसार यी क्षेत्रहरूले कृषि आधुनिकीकरणलाई तीव्र गति दिन, प्रविधि र हरित कृषि प्रवर्द्धन गर्न, गुणस्तर सुधार र ब्रान्ड निर्माणमा सहयोग पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्नेछन्।

कार्ययोजनाले राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्ने, प्रमुख कृषि उत्पादनको प्रभावकारी आपूर्ति सुनिश्चित गर्ने, नयाँ गुणस्तरीय उत्पादन शक्ति विकास गर्ने र आधुनिक कृषिको औद्योगिक तथा सञ्चालन प्रणाली सुधार गर्ने उद्देश्य राखेको छ।

यी नमूना क्षेत्रमार्फत दोहोर्याउन योग्य र विस्तार योग्य विकास मोडेलहरू निर्माण गरिनेछ, जसले चीनमा कृषि आधुनिकीकरणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यस कार्ययोजना घोषणापछि गत महिना बेइजिङमा सम्पन्न केन्द्रीय वार्षिक ग्रामीण कार्य सम्मेलनले ग्रामीण पुनरुत्थानलाई व्यवस्थित रूपमा अघि बढाउन र शहरी–ग्रामीण समेकित विकासलाई प्रवर्द्धन गर्न जोड दिएको थियो।

NECO

Leave Your Comment

Related News