RE
Global College

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ।

आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधी, सरकारले गर्ने नियुक्ती र सञ्चार माध्यमहरुले प्रकाशन गर्ने समाचारहरुको समेत अनुगमन गर्नेछ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ।

NECO

Leave Your Comment

Related News