RE
Global College

कामना सेवा विकास बैंकको नाफा साढे ३९ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महीनामा ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको पुस मसान्तसम्म ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा २२.३४ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो । वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १ अर्ब ८ करोड ९५ लाख रुपैयाँबाट ११.१९ प्रतिशतले बढेर १ अर्ब २ करोड ११ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोड रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँबाट बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेसँगै प्रतिसेयर आम्दानी पनि १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ । यस बैंकले ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.३५ प्रतिशतबाट घटेर ४.१० प्रतिशतमा झरेको छ भने नेटवर्थ पर शेयर १५८.०७ रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

NECO

Leave Your Comment

Related News