RE
Global College

माधव नारायणका बर्तालु पुगे शेषनारायण, फर्पिङ (फोटोफिचर)

काठमाडौं । साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आइतबार साँझ बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् ।

माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । आइतबार बिहान शेषनारायण पुगेका हुन् ।

 

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहका अनुसार पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अर्घ्यदान गरेका छन् । बर्तालु सिंहदरबार हुँदै फर्पिङस्थित शेषनारायणमा गएर बास बसेको हुन् । माधवनारायणलाई भने नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा दर्शन गराएर भोटाहिटी र हनुमानढोका दरबार क्षेत्रमा पूजा गरी टेकु हुँदै शेषनारायण पुगेका हुन् ।

एक महिनासम्म चल्ने स्वास्थानी व्रत कथा अनुरुप व्रत बसेका ब्रतालुहरु विभिन्न मन्दिर घुम्ने क्रममा आइतबार उपत्यकाको चारवटा नारायण मध्ये दक्षिणकाली नगरपालिका शेषनारयण मन्दिरमा आइतबार जाँग्रम बसेका छन्, उनीहरु सोमबार पुन शालीनदी फर्किने छन् । उनीहरु दक्षिणकाली, ललितपुर , बुग्मती, बानेश्वर हुँदै पुन शालीनदी फर्किने छन् । व्रतालुहरु खाली खुटा यात्र गर्ने छन् भने उनीहरुले बाटोमा हिड्द अन्य व्यक्तिहरुलाई छुने छैनन् ।

सम्पूर्ण तस्बिर : इक्विटी नेपाल

NECO

Leave Your Comment

Related News