RE
Global College

तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार

काठमाडौं । तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई दिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालय रिक्त भएका थिए।

NECO

Leave Your Comment

Related News