RE
Global College

अमेरिकाले गर्यो फेरि ८० जना नेपाली नागरिक डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो।

त्यसमध्ये एक जना महिला रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई फर्काइएसँगै प्रहरीले अनुसन्धान थालेको छ। फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

एक जना अध्ययन भिसामा गएका थिए। तर बाँकीले करोडभन्दा बढी रकमसम्म तिरेको भेटिएको छ।

कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन्।

पछिल्लो सात वर्षमा सात सयभन्दा बढी नेपाली नागरिक फर्काइएका छन्। त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्।

NECO

Leave Your Comment

Related News