RE
Global College

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो 

काठमाडौं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।

ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो।

उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए।

नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए। उनी राप्रपाबाट झापा-२ मा उम्मेदवार छन्।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन्।

NECO

Leave Your Comment

Related News