RE
Global College

पार्टीलाई जोगाउनका लागि शान्त र सौम्य पक्षलाई रोजेको हुँ : शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विशेष महाधिवेशनको समयमा पार्टीलाई जोगाउनका लागि शान्त र सौम्य पक्षलाई रोजेको बताएका छन् ।

मोरङको क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैंचामा आज कार्यकर्ताहरूसँग उनले भने,‘पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको हो । अबको समयमा निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरुको रहेको छ ।’

उनले अघि भने , ‘विशेष महाधिवेशन पार्टीको एउटा प्रक्रिया हो। आज डिला संग्रौलाजी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिँरहेका छौं। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं।’

कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताए।

उनले कार्यकर्ताहरूलाई निर्वाचनकेन्द्रित हुन आग्रह गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै उनले निर्वाचनले मुलुकलाई निकास दिने बताए।

NECO

Leave Your Comment

Related News