CLI
Global College

सिटिजन्स बैंकले ६ महीनामा कमायो ३५ करोड बढी नाफा, अन्य सूचक कस्ता ? 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार गत आवको भन्दा ४५.७८ प्रतिशतले नाफा घटेको हो ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा सामान्य बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कुल सञ्चालन आम्दानी ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

यता गत आवको ६ महीनासम्म बैंकले ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको बैंकको वित्तीय विवरणले देखाएको छ। नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ । खराब कर्जा (एनपीएल) भने ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

Leave Your Comment

Related News