CLI
Global College

१० वर्षमा कति भयो बीमालेखा जारी संख्या ?

काठमाडौं । पछिल्लो सयम जीवन र निर्जीवन गर्ने बीमा संख्या बढे पनि त्यो पर्याप्त हुन सकेको छैन । जीवन र निर्जीवन बीमा जारी संख्या १ करोड बढी पुग्दा पनि उक्त संख्या पर्याप्त हुन नसकेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा कुल जनसङ्ख्याको ४८.३३ प्रतिशत नागरिकमा बीमा सेवाको पहुँच रहेको छ भने कुल गार्हस्थ्य उत्पादनमा बीमा क्षेत्रको योगदान ३.७२ प्रतिशत रहेको छ । २०८२ असारसम्ममा जारी जीवन बीमालेख सङ्ख्या ६९ लाख ७ हजार १ सय ७ हुँदा जारी निर्जीवन बीमालेख सङ्ख्या ३२ लाख ४४ हजार ३ सय ७७ गरी जम्मा १ करोड १ लाख ५१ हजार ४ सय ८४ बीमालेख रहेको छ । आव २०८१/८२ को असार सम्ममा बीमा कम्पनीको शाखा सङ्ख्या कुल २ हजार ९ सय ९४ रहेको देखिन्छ ।

प्राधिकरणका अनुसा बीमा व्यवसाय सुरु भएको आठ दशक बितिसक्दा पनि बीमासम्बन्धी जनचेतनाको स्तर कमजोर रहेको छ । बीमाले जोखिमबाट हुने आर्थिक क्षतिपूर्ति प्रदान गर्छ भन्नेमा सर्वसाधारणको विश्वा अभिवृद्धि हुन सकेको छैन। बीमा शुल्क सङ्कलन र दाबी भुक्तानी प्रक्रिया अझै पनि झन्झटिलो र अपारदर्शी छ । कागजी प्रक्रियामा आधारित प्रणालीले गर्दा दाबी भुक्तानीमा ढिलाइ हुने गरेको छ । बीमा शुल्क सङ्कलन तथा दावी भुक्तानीमा वैकल्पिक वितरण प्रणाली विकास गर्ने र विभिन्न भुक्तानी प्रदायक संस्थालाई बीमामा आबद्ध गर्न सकिएको छैन ।
प्रभावकारी संयन्त्रको अभावमा एउटै सम्पत्तिको बहु– बीमा गर्ने र ठगीपूर्ण दाबी भुक्तानी लिनेजस्ता विकृति नियन्त्रण गर्नु, विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनले सिर्जना गर्ने प्राकृतिक विपद्का जोखिमहरूलाई बीमाको दायरामा ल्याउनु, जोखिममा आधारित सुपरीवेक्षण पद्धतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने कार्य चुनौतीपूर्ण रहेका छन् ।

Leave Your Comment

Related News