RE
Global College

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं । १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सञ्चालन भएको छ । बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको विमान बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेर पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

समाचार एजेन्सी पीटीआई र पाकिस्तानी अखबार ‘डन’ का अनुसार, यो उडानसँगै दुवै देशबीच बिना रोक सीधा हवाई सेवा १४ वर्षपछि पुनः बहाल भएको हो।

पाकिस्तान एयरपोर्ट अथोरिटीका अनुसार, बिमान बंगलादेश एयरलाइन्सको उडान बीजी–३४१ बिहीबार साँझ ढाकाबाट कराची पुगेको हो। अथोरिटीले जारी गरेको विज्ञप्तिमा ‘१४ वर्षपछि ढाकाबाट कराची आउने पहिलो उडान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको’ जनाएको छ।

NECO

Leave Your Comment

Related News