CLI

१३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ थियो ।

यता, चाँदी पनि ३ सय रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार २ सय रुपैयँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave Your Comment

Related News