RE
Global College

मोदीद्वारा रवि र बालेनलाई टेलिफोनमा बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत रास्वपा वरिष्ठ नेता बालेन शाहसँग सोमबार टेलिफोन कुराकानी गरेका छन्।

मोदीले साँझ सामाजिक सञ्जाल एक्समार्फत दुई नेतासँग टेलिफोन वार्ता गरेको सार्वजनिक गर्दै नयाँ सरकारका लागि शुभकामना दिएका छन्। फागुन २१ को निर्वाचनमा रास्वपाले करिब दुईतिहाइनजिक सिट जितेर सरकार गठनको तयारीमा लागिरहेका वेला भारतीय प्रधानमन्त्रीले नेताद्वयलाई टेलिफोन गरेका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो। नेपालको निर्वाचनमा उहाँहरूको विजय तथा रास्वपाको प्रभावशाली सफलताप्रति दुवै नेताहरूलाई बधाई दिएँ,’ मोदीले सोमबार साँझ भनेका छन्, ‘आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत र नेपालको पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि भारत प्रतिबद्ध रहेको सन्देश पनि दिएँ।’ मोदीले थप भनेका छन्, ‘हाम्रा संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु।’

NECO

Leave Your Comment

Related News