RE
Global College

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, मटरकोशा ३० रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ६५ र हरियो फर्सी १५ रुपैयाँ, इस्कुस र पिंडालु ६० रुपैयाँ, तोरी र रायोको साग २५ रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली ३५ रुपैयाँ प्रतिकेजी अधिकतम भाउमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

NECO

Leave Your Comment

Related News