RE
Global College

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले सरकारद्वारा उपलब्ध गराइएको कूटनीतिक राहदानी फिर्ता गरेका छन्।

मन्त्री खनालले मंगलबार उक्त राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाएका हुन्।

अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै उनले अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्नका लागि प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै त्यसलाई राहदानी विभागमा बुझाउन निर्देशन दिएका थिए।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सरकार गठन भएको थियो। हाल प्रतिनिधि सभा निर्वाचन सम्पन्न भइसकेकाले उक्त सरकारको कार्यकाल पनि अन्त्यतिर पुगेको छ।

NECO

Leave Your Comment

Related News